काठमाण्डु – निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ ।
निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले हिराप्रसाद सेती अध्यक्ष रहने राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको जानकारी दिए ।
पार्टीको चुनाव चिह्न क्रस खुकुरी प्रस्ताव गरिएको छ । जेनजी पुस्ता भएकाले त्यो नाम दिने सम्भावना कम रहेको आयोगको भनाइ छ ।
पार्टीको सिद्धान्त र नीतिमा राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने भनिएको छ ।
युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भहरूका रूपमा उल्लेख गरिएको छ ।
यस्तै दलको विधानमा कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने भनिएको छ ।
पार्टीको संघीय कार्यालय अनामनगर काठमाण्डु रहेको रहेको उल्लेख छ । पदाधिकारी संरचनामा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन् ।
नयाँ दल दर्ताका लागि आयोगले कात्तिक मसान्तसम्मको समय तोकेको छ ।




प्रतिक्रिया