आम निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

आम निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपरान्ह ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेश गर्न सुचित गराएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची(२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।

आयोगका अनुसार राजनीतिक दलहरूले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्नेछ।

उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले जनाएको छ।

प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) का लागि माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । सोही दिन उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन हुनेछ । माघ ७ गते मनोनयनविरुद्ध उजुरी दिने समय तोकिएको छ ।

आयोगले माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनको तयारी पनि एकसाथ अघि बढाइरहेको छ ।