काठमाडौं–निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अवकाश लिएका छन् ।
२०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी निर्वाह गरेका उनले आइतबारबाट अवकाश पाएका हुन् ।
यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाएका थिए ।
यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्नेछिन् ।
प्रतिक्रिया