निर्वाचनमा हारेपछि मतदातामाथि निर्घात कुटपिट

निर्वाचनमा हारेपछि मतदातामाथि निर्घात कुटपिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा पञ्चायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घात कुटपिट गरेका छन् ।

दलितकै कारण आफू पराजित भएको भन्दै पञ्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्घात कुटपिट गरेका हुन् । दलितहरूले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् । दुवै जना दलितहरूले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् ।

सिंहले दलितलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिको गर्धन समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् ।

घटनापछि सिंहलाई प्रहरीले पक्राउ गरेको छ । दलितलाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।