चुनाव लड्न कङ्गोका पूर्वविद्रोही नेता ११ वर्षपछि स्वदेश फिर्ता

चुनाव लड्न कङ्गोका पूर्वविद्रोही नेता ११ वर्षपछि स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किन्सासा– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गर्न पूर्वविद्रोही नेता विदेशबाट स्वदेश फर्किएका छन्।झण्डै ११ वर्षभन्दा बढी समय विदेशमा रहेका पूर्वविद्रोही नेता जोन बेम्बा बुधबार स्वदेश फर्किएका हुन्।

उनी स्वदेश फर्किएपछि मुलुकको राजनीतिक माहौल थप तातेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। पचपन्न वर्षीय बेम्बाको अर्का प्रभावशाली नेता जोसेफ कबिलासँग प्रतिस्पर्धा हुने देखिएको अधिकारीहरूले बताएका छन्।

कङ्गोमा यसअघि दुई पटक तय गरेर पनि पछाडि सर्दै आएको निर्वाचन अहिले आगामी डिसेम्बर २३ तारिखका दिन गर्ने घोषणा गरिएको छ। (एएफपी)