आजबाट निर्वाचन आचारसंहिता लागू

आजबाट निर्वाचन आचारसंहिता लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आज शुक्रबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ।यही मंसिर १४ गते उपनिर्वाचन हुने जिल्लाहरूमा लागू हुने गरी आचारसंहिता जारी गरेको हो।

प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि यही मंसिर १४ गते ३७ जिल्लामा विभिन्न क्षेत्रमा उपनिर्वाचन हुँदै छ।

उपनिर्वाचन स्वच्छ, निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता लागू गरिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवं व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ। याे खबर समाचारपत्रमा छ ।