दुई नम्बर प्रदेशको सबै परिणाम सार्वजनिक,कांग्रेस पहिलो,एमाले पुछारमा


काठमाण्डौं– दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहको सबै नतिजा आएको निर्वाचन आयोगले जनाएको छ ।

 

 

 

जसअनुसार नेपाली कांग्रेस ४० सिट जित्दै पहिलो, २६ तह जित्दै संघीय समाजवादी फोरम दोस्रो र २५ स्थानीय तह जितेको राजपा तेस्रो भएका छन् । त्यसैगरी माओवादी केन्द्र २१ स्थानीय तह जितेर चौथो र एमाले १८ स्थान जित्दै पांचौ भएका छन् ।  विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकले ३, नेपाली जनता दलले २ र नयां शक्तिले एक स्थानीय तह जितेका छन् ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानिय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो । स्थानीय तहको निर्वाचनको परिणाम आएसंगै नेपालको संविधानको कार्यान्वयनको एउटा महत्वपुर्ण पाटो पुरा भएको छ ।

 

 सरकारले मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको घोषणा गरिसकेको छ । नयां संविधानको पुर्ण कार्यान्वयनका लागी तीन तहको निर्वाचन गर्नुपर्ने अनिवार्य प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement