भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

आचारसंहिता बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो । आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ ।

मंगलबार आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिवद्धता जनाउन छलफल पनि गरेको थियो । आचारसंहिता लागेपछि सरकारले सरुवा बढुवालगायत निर्णय गर्न पाउने छैन ।