काठमाण्डु – स्थानीय तह निर्वाचनका लागि एक लाख ४४ हजार ४१६ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार मध्यान्ह साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार ७५३ वटै स्थानीय तहका लागि एक लाख ४४ हजार ४१६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
आयोगले आइतबार र सोमबारका लागि मनोनयन दर्ता गर्ने समय छुट्याएको थियो । उक्त समयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सो संख्यामा मनोनयन दर्ता गराएका हुन् । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ ।
कुन पदमा कति उम्मेदवार ?
प्रमुखः ३ हजार ३७५
उपप्रमुखः २ हजार ६९
अध्यक्षः ३ हजार ३३४
उपाध्यक्षः २ हजार ३६४
वडाध्यक्षः ३३ हजार ७९७
महिला सदस्यः २३ हजार ७९२
दलित महिला सदस्यः २२ हजार ४४०
खुला सदस्यः ५२ हजार २४५





प्रतिक्रिया