प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चर्चा सुरु : के भन्छ आयोग?

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चर्चा सुरु : के भन्छ आयोग?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चर्चा हुन थालेको छ । सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच मंसिर १० भित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरि दौडधूप बढेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जति सक्दो चाँडो गर्ने मनशायमा छन् ।

केहि दिन अगाडि बसेको गठबन्धनको बैठकमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कात्तिक वा मंसिरमसान्त भित्रै गर्नेबारेमा छलफल भएको थियो । २०७४ सालमा मंसिर १० र २१ गते गरि दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो । निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न ढिलाइ गरेका कारण त्यसबेला फागुन २० गते मात्रै प्रदेश र प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मंसिरमा निर्वाचन भए पनि सांसदहरूले फागुनमा शपथ खाएर कार्य प्रारम्भ गरेका कारण प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिने की फागुनमा भन्ने अन्योल छ । तर शपथ फागुनमै खाएकाले कार्यकाल पनि फागुनसम्मै हुनु पर्ने सत्तारुढ दलका नेताहरुको तर्क छ ।

यता निर्वाचन आयोगले पनि स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेकाले प्रतिनिधिसभाको निर्वाचनका लागि आयोग तयार रहेको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन गर्न आयोगलाई ४ महिनाको समय चाहिने बताए । सरकारले असार दोस्रो सातासम्म निर्वाचनको मिति घोषणा गरे आयोग कात्तिकमै पनि निर्वाचन गराउन तयार रहेको बताएका छन् ।

कात्तिकमा निर्वाचन गर्ने चर्चा सुनिएपनि सरकारसँग आयोगले छलफल गरि नसकेकाले आयोग र सरकारको छलफल पछि निर्वाचनको मिति घोषणा हुने उनको भनाइ छ । आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको उनले दावी गरे । ‘ कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ। सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं।’, थपलियाले भने।