निर्वाचनका दिन सार्वजनिक सवारी नचल्ने

निर्वाचनका दिन सार्वजनिक सवारी नचल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते काठमाण्डु उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् ।

निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाण्डु , ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को आज बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाण्डुका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए ।

निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मङ्सिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।