काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक–१ र २ मा क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित भएका छन् ।
उनले २४ हजार ४ सय १२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार माधव सापकोटाले १७ हजार ३ सय २७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ३० हजार ४ सय ८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।
यस्तै सिन्धुपाल्चोक–२मा नेकपा उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन् । दुलालले २१ हजार ६ सय ९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङले १९ हजार १ सय ४६ मत प्राप्त गरे ।
दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघसम्म दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।




प्रतिक्रिया