निर्वाचन केन्द्रमा ६७ प्रकारका सामग्री, एक लाख ५५ हजार कर्मचारी खटिए


काठमाडौं– निर्वाचन आयोगलेः प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको जनाएको छ।

 

 

मंसिर २१ गते ४५ जिल्लाका १५ हजार तीन सय ४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

 

उनका अनुसार निर्वाचन सम्पन्न गराउन आवश्यक ६७ प्रकारका सामग्री सम्बन्धित केन्द्रमा पुगेको छ। दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन्।

 

मंगलबारदेखि परिचयपत्र वितरण पनि शुरु भएको उनले बताए।

 

 

हरेक मतदान केन्द्रका लागि १९ हजार नौ सय आठ जना मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाइएको छ।

 

दोस्रो चरणमा एक सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि दुुई सय ५६ निर्वाचन क्षेत्रमा मंसिर २१ गते बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ।

 

 

मंसिर २१ हुने प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पाको रामपुर नगरपालिकाको रामतुलसी मतदान केन्द्रमा मंगलबार मतदाता परिचय पत्र लिनेको भीड । तस्बिर : शुसिला रेग्मी, रासस

 

प्रतिक्रिया दिनुहोस
Advertisement