काठमाण्डु – निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो ५ जेठबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचन मिति तोक्न ताकेता गरेको हो ।
आयोगले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पटक पटक ध्यानाकर्षण गराएको समेत बताएको छ । आयोगले १४ वैशाख २०७९ र २२ वैशाख २०७९ मा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर सरकार भने निर्वाचनको मिति तोक्न हैन सार्ने तयारीमा जुटेको छ ।





प्रतिक्रिया