रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग बनाउने जिम्मा जम्मु-कस्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई

रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग बनाउने जिम्मा जम्मु-कस्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  – रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको प्रारम्भिक प्राविधिक सम्भाव्यता अध्ययन (प्रिलिमिनरी इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे) को जिम्मेवारी भारतको जम्मु कस्मीरमा रेलमार्ग निर्माण गर्ने कम्पनीले पाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको अवसरमा नेपाल आएका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी (एमओयू) भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र भारतीय राजदूत मन्जितसिँह पुरीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। समझदारी अनुसार भारत सरकारको लगानी रहेको कोंकन रेल्वे कर्पोरेसन लिमिटेडले रेलवेले अध्ययन गर्नेछ। यसबारे नेपालको भौतिक मन्त्रालय, रेलवे विभागसहितका अधिकारीहरुसँग कम्पनीका उच्च अधिकारीले भेटवार्ता समेत गरिसकेका छन् ।

कोंकनलाई पूर्व सम्भाव्यता अध्ययनको जिम्मा उसैले दिएको हो। कोंकन भारतमा रेलमार्ग निर्माणका लागि ख्यातिप्राप्त कम्पनी हो। भारतको हिमाली क्षेत्रमा पर्ने कास्मीर-बरमुल्लासम्मको रेलमार्ग यही कम्पनीले बनाइरहेको छ। रक्सौल–काठमाडौँ रेलमार्गमा पनि अत्याधिक सुरुङ र पुल हुने प्रारम्भिक अनुमान छ। यसै आधारमा कोंकनलाई पूर्व सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको हो। जम्मु-कास्मीर-बरमुल्ला रेलमार्ग निर्माणको जिम्मेवारी पाएको कोंकणले रेलमार्गमा पर्ने १४ किमी लामो सुरुङ बनाएको छ भने चेनब नदीमा निकै अग्लो पुलपनि निर्माण गरेको छ।

यसबाहेक मुम्बईदेखि केरलासम्म करिव ८ सय किलोमिटर लामो रेलमार्गपनि कोंकणले नै निर्माण गरेको हो। सो रेलमार्गमा ९१ वटा सुरुङ छन, जसको कूल लम्बाई ८० किमी छ। चीनबााट काठमाडौँ जोड्ने रेलमार्ग जस्तो जटिल भूबनोटमा बन्दैछ, उस्तै जटिल भूबनोट रहेकाले रक्सौल-काठमाडौँ रेलमार्गलाई पनि चुनौतिपूर्ण मानिएको छ।