भारतबाट १६० मेगावाट बिजुली निरन्तर ल्याउन कुलमानले गरे विद्युत् खरिद सम्झौता नवीकरण


काठमाडौं– नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीचको विद्युत खरिद सम्झौता नवीकरण भएको छ।

 

 

अक्टोबर अन्तिममा सकिन लागेको निगमसँगको विद्युत व्यापार सम्झौताको अवधि प्राधिकरणले लम्ब्याएर आउँदो डिसेम्बरसम्म पुर्याएको हो। त्यसपछि पुनः अर्को सम्झौता गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

 

 

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट सो सम्झौताअनुसार १६० मेगावाट विद्युत् आयात गरिनेछ ।

 

 

पूरानै मूल्य प्रति युनिट भारु ३.६० को दरमा विदुयुत खरिद गर्ने पूरक सम्झौता भएको हो।

 

शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेको प्राधिकरणको उच्च नेतृत्व र निगमका अधिकारीबीच उक्त सम्झौता नवीकरण भएको हो।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एवं निगमका तर्फबाट कार्यकारी प्रमुख अरुणकुमार गर्गले सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement