काठमाण्डु – सरकारले निषेधाज्ञा अवधिभर विद्युत् महसुल छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विद्युत् महसुल छुट दिन लागेको जानकारी दिए ।
’निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री पौडेलले बताए ।




प्रतिक्रिया