पहिलो चरणको चुनावको मतगणना शुरु

पहिलो चरणको चुनावको मतगणना शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका जिल्लामध्ये केही क्षेत्रमा शुरु भएको छ।

 

 

गत मंसिर १० गते ३२ जिल्लामा चुनाव भएकोमा मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा बिहीबार बेलुकाबाट मतगणना शुरु भएको हो।

 

 

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा ६ हजार ७१४ मत खसेको थियो।

 

त्यसैगरी, कूल पाँच हजार ८८१ मतदाता रहेको मनाङ्गमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए। बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो। करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ।