कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ-कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै मृत्यु भएकाे हाे।

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा आज दिउँसो बोहरालाई ज¬ङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए।

‘घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै मृत्यु भएको देखिन्छ,’ प्रहरी सहायक निरीक्षक पन्तले  भने। केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा जङ्गली हात्तीले नोक्सान पु-याउँदै आएको छ ।