बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया – बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
शनिबार राती ११ बजे महिलालाई हात्तीले आक्रमण गरेको थियो ।

खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलालाई आक्रमण गरेको थियो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए । शवलाई आज पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको उनले बताए ।

मृतक खत्रीको श्रीमान् चित्र बहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुन् । उनका तीन छोरी र एक छोरा रहेका छन् ।

विशेष गरी धान पाक्ने सिजनमा जंगली हात्ती किसानको खेतमा धान खान आउने गर्दछ । हात्ती धपाउने क्रममा किसानको मृत्यु हुने गरेको छ । यसअघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो ।