एमालेको एकल सिफारिसमा को-को परे

एमालेको एकल सिफारिसमा को-को परे


काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ।

यसैक्रममा नेकपा (एमाले)ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन्।

एमालेले अहिलेसम्म २५ नेताको नाम सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ । एकल सिफारिस हुनेमा अध्यक्ष केपी शर्मा ओलीसहित ५ पदाधिकारी छन्।

सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ।

सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो एमालेले लगाउने छ।

एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्र यस्तो छ

कोशी

केपी शर्मा ओली, झापा-५

सुहाङ नेम्वाङ, इलाम-२

मधेश

लीलानाथ श्रेष्ठ, सिरहा-३

लक्ष्मी महतो कोइरी, महोत्तरी-१

हरि उप्रेती, सर्लाही-३

अजय गुप्ता, रौतहट-१

मनोज देवकोटा, सर्लाही-१

बागमती

बद्री मैनाली, नुवाकोट-१

मणिराम फुयाल, काठमाडौं-२ (प्रस्ताव)

गोकुल बास्कोटा, काभ्रे-२

महेश बस्नेत, भक्तपुर-२

ईश्वर पोखरेल, काठमाडौं-५

गण्डकी

तिलक महत, नवलपुर-२

मिलन गुरुङ, गोरखा-२

लुम्बिनी

प्रदीप ज्ञवाली, गुल्मी-१

सूर्य ढकाल, बाँके-१

दलबहादुर सुनार, बाँके-३

विश्राम चौधरी, कपिलवस्तु-१

विष्णु पौडेल, रुपन्देही-२

शंकर पोखरेल,दाङ-२

कर्णाली

ध्रुव शाही, सुर्खेत-१

कलाधर देवकोटा, सुर्खेत-२

गुलाबजंग शाह, सल्यान

सुदूरपश्चिम

लेखराज भट्ट, कैलाली-४

दामोदर भण्डारी, बैतडी

गणेश ठगुन्ना, दार्चुला