दुई देशका राजदूतले पाए थप जिम्मेवारी

दुई देशका राजदूतले पाए थप जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दुई वटा देशका राजदूतले थप जिम्मेवारी पाएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन् ।

साथै जर्मनीका लागि नेपालको आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।