नेपोलियन बोनापार्ट र हिटलरले ‘यू-टर्न’ नलिएर ऐतिहासिक गल्ती गरे : इमरान खान

नेपोलियन बोनापार्ट र हिटलरले ‘यू-टर्न’ नलिएर ऐतिहासिक गल्ती गरे : इमरान खान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘यू–टर्न’ लिन नसक्ने नेता सफल हुँदैन र जसले ‘यू–टर्न’ लिन जान्दैन त्योजत्तिको बेवकुफ नेता अरु कोही नहुने बताएका छन् ।  प्रधानमन्त्री खानको यो अभिव्यक्ति अहिले निकै चर्चामा छ । उनको यो भनाईबारे सबै पत्रिकाहरुमा समाचारमात्र बनेन, सामाजिक सन्जालमा पनि भाइरल बनेको छ ।

पाकिस्तानका सन्चारमाध्यमहरुका अनुसार खानले नेपोलियन बोनापार्ट र हिटलरको उदाहरणसमेत दिएका थिए । उनीहरुले ‘यू–टर्न’ नलिएर ऐतिहासिक गल्ती गरे, त्यसैले हार व्यहोर्नुर्पयो ।’ पाकिस्तानको पत्रिका नवा–ए–वक्तका अनुसार खानले भनेका छन ‘यूटर्न नलिनेहरु नेता नै होइनन् । यो एक रणनीति हो ।’ इमरान खानको यस अभिव्यक्तिको विपक्षी पार्टीहरुले खिल्ली उडाइरहेका छन् । पाकिस्तान पिपुल्स पार्टीका नेता खुर्शिद शाहले भनेका छन ‘इमरान खानले हिटलरको उदाहरण दिएर यो साबित गरेका छन् कि उनी आफैं पनि हिटलर हुन् ।’

इमरान खानको मन्त्रिपरिषदका एक मन्त्री केन्द्रीय सूचना एवम् प्रसारण मन्त्री फव्वाद चौधरीको पनि निकै मजाक उडाइएको छ । अखबार जंगले एक समाचारमा लेखेको छ, ‘फव्वाद चौधरीको ४०५ खर्बको यूटर्न सार्वजनिक भएको छ ।’ यसैगरी मुस्लिम लीग (नुन)का नेता सानिया आशिकले भनेका छन ‘के इमरान खान आफूमात्र पाकिस्तानका एकमात्र नेता हुन् ? किनकी उनी यूटर्न लिन निकै माहिर छन् ।’