इन्डोनेसियाको फुटबल खेलमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १७४ पुग्यो


एजेन्सी – इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १७४ पुगेको छ। ठूलो संख्यामा मानिस घाइते भएका छन् । यसलाई विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको रूपमा वर्णन गरिएको छ।

खेल हारेको टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएपछि हिंसा भड्किएको थियो। खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो । अरेमा एफसी २–३ ले पराजित भएको देखेर उनका फ्यान मैदानमा प्रवेश गर्न थाले ।

भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिसहरू फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए।

उनले भने, ‘रङ्गशालामा झगडा र अराजकता भएको थियो । ३४ जनाको रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई प्रहरी पनि छन् । यो घटनाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा शेयर भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement