तिवारीले उर्जा सचिवको जिम्मेवारी पाए

तिवारीले उर्जा सचिवको जिम्मेवारी पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा शुशीलचन्द्र तिवारीको सरुवा भएको छ । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सर्तकर्ता केन्द्रमा रहेका तिवारीलाई उर्जासचिवको जिम्मेवारी दिएको हो ।

उर्जा सचिव देवेन्द्र कार्कीले अवकास पाएपछी उर्जासचिव पद रिक्त थियो । यसअघि तिवारीसंग सिंचाईमा लामो समय काम गरेको अनुभव छ । उर्जासचिवका लागि दिनेश घिमिरेको समेत नाम थियो । तर, उनलाई माओवादी नेता वर्षमान पुन निकट भनेर रोकिएको चर्चा छ । घिमिरे उर्जामन्त्रालयमै लामो समय काम गरेका सचिव हुन् ।

पछिल्लो समय उर्जा मन्त्रालयमा विचौलियाहरु हावी भएको, सरुवा बढुवा र लाइसेन्स लेनदेनमा समेत आर्थिक चलखेल भएको स्रोतको दावी छ । मन्त्री पम्फा भुसालको नाममा केही विचौलियाहरुले चलखेल गरिरहेको उर्जामन्त्रालयका एक कर्मचारीले बताए ।