९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ

९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की ९५ हजार घुससहित पक्राउ परेकी छन् ।

कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गरेवापत घुस लिएकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले इन्जिनियर कार्कीलाई ९५ हजार रुपैयाँ घुससहित उनकै डेराबाट नियन्त्रणमा लिएको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।