दैलेखमा अख्तियारको स्ट्रिङ अपरेशनः साढे दुई लाख घुससहित चार जना इञ्जिनियर पक्राउ

दैलेखमा अख्तियारको स्ट्रिङ अपरेशनः साढे दुई लाख घुससहित चार जना इञ्जिनियर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे दुई लाख घुससहित चार जना इञ्जिनियरलाई पक्राउ गरेको छ ।

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख(इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित चार जनालाई अख्तियारको टोलीले २ लाख ४१ हजार १६ रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा इञ्जिनियर मल्लसहित सव–इञ्जिनियर विरेन्द्र चन्द, टोपेन्द्र सुन्दर मल्ल र सुरपभाइजर लक्ष्मी पाण्डे रहेका छन् ।

भगवतीमाई गाउँपालिका–३ सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भन्दै उनीहरुले घुस लिएका थिए ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले स्ट्रिङ अपरेशनका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।