ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ


काठमाण्डु – नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष पक्राउ परेका छन् । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीको आरोपमा बुधबार दिउँसो काठमाण्डुबाट पक्राउ गरेको हो ।

नेपाल इन्जिनियरिङ कलेजले उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपमा मुद्धा दायर गरेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको डीआईजी थापाले बताए ।

न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म गरी दुईपटक इन्जिनियरिङ कलेजको कार्यकाल अध्यक्ष रहेका थिए ।

न्यौपाने अध्यक्ष रहेकोे बेला २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम गरिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement