गगन थापाको क्षेत्रमा इन्जिनियर पोखरेलले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा

गगन थापाको क्षेत्रमा इन्जिनियर पोखरेलले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्जिनियर आकर्षण पोखरेलले आगामी निर्वाचनका लागि काठमाण्डु क्षेत्र नंबर ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने घोषणा गरेका हुन् । योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनले विश्वास व्यक्त गरेका छन्।

आफ्नो तीन चरणको घरदैलो मध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको पनि उनले बताए । जसअन्तर्गत पहिलो चरणमा घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने, दोस्रोमा ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर समाधानका उपाय खोज्ने र तेस्रो चरणमा मत माग्न घरघरमा जाने उनको भनाई छ ।

याे क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलतासँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर बढेको छ।