च्याम्पियन्स ट्रफी : इङ्ल्याण्ड बाहिरियो, आज पाकिस्तान र बङ्गलादेश खेल्दै

च्याम्पियन्स ट्रफी : इङ्ल्याण्ड बाहिरियो, आज पाकिस्तान र बङ्गलादेश खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अफगानिस्तानसँग पराजित हुँदै च्याम्पियन्स ट्रफी २०२५ बाट इङ्ल्याण्ड बाहिरिएको छ ।

गएराति भएको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित भएसँगै इङ्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको हो ।

३ सय २६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९ ओभर ५ बलमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ल्याण्डलाई ओडिआईमा दोस्रो पटक हराएको हो ।

२ वर्ष अघि भारतमा भएको ओडिआई विश्व कपमा पनि अफगानिस्तान विजयी भएको थियो । खेलमा इङ्ल्याण्डका लागि जो रुटले सर्वाधिक १ सय २० रन बनाए ।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईंले ५ विकेट लिए । त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक १ सय ७७ रन बनाएका थिए ।

इङ्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, लियम लिभिङ्स्टोनले २ विकेट लिए । इङ्ल्याण्ड लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

इङ्ल्याण्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । जीतसँगै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायमै राखेको छ ।

सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानले शुक्रबार अस्ट्रेलियालाई पराजित गर्नु पर्ने हुन्छ । च्याम्पियन्स ट्रफीमा बिहीबार पाकिस्तान र बङ्गलादेश खेल्दैछन् । रावलपिन्डि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ३ बजे शुरू हुनेछ ।