काठमाण्डु– आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ ।
खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
विश्वकप २०२६ का सम्पूर्ण खेलहरू आईसीसीको आधिकारिक वेबसाइट icc-cricket.com/icc-tv प्लेटफर्ममा निःशुल्क रूपमा हेर्न सकिन्छ ।
आईसीसीको एप तथा वेबसाइटमा गएर साइन अप अर्थात् अकाउन्ट खोलेर लगइन गरे विश्वकपको लाइभमा सजिलै एक्सेस पाइने छ ।
लाइभ हेर्न वेबसाइट https://www.icc-cricket.com/icc-tv, आईओएस एप http://apps.apple.com/us/app/icc-official/id956440606, एन्ड्रोइड एपका लागि https://play.google.com/store/apps/details?id=com.pl.cwc_2015&hl=en याे लिङ्कमा जान सकिने छ ।
साइनअप गर्ने ठाउँमा आफ्नो नाम, थर, ईमेल एड्रेस राखेर देश, पासवर्ड सहितको विवरण राखेर अकाउन्ट तयार पार्न सकिन्छ । इमेलमा आएको ओटीपी कोड मार्फत भेरिफिकेसन गर्न सकिने छ ।
विश्वकपमा नेपाली टिमबाट रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन् ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल्न लागेकाले यो खेल ऐतिहासिक बन्नेछ ।




प्रतिक्रिया