म्यानचेस्टरको सनसनीपूर्ण जित

म्यानचेस्टरको सनसनीपूर्ण जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर लिगको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३–१ ले हराएको छ ।

खेलको ४३ औँ मिनेटमा अगार्टाले आत्मघाती गोल गरेपछि हाम्टनले सुरुवाती अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नमिठो हारको सामना गरेको हो ।

गत साता मात्र ५ वर्ष ६ महिनाको नयाँ सम्झौता गरेका डिलालाले खेल सकिन नौ मिनेट बाँकी छदा बराबरी गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा उनले क्रिस्चियन इरिक्सनले दिएको पासमा अर्को गोल थपे । त्यसको लगत्तै साउथ हम्टनका खेलाडी बिचको असमझदारीको फाइदा उठाउँदै खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा ब्रिङटनले इप्सविचलाई २–० ले हराएको छ ।