क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै टोटनहम आठौं स्थानमा उक्लियो

क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै टोटनहम आठौं स्थानमा उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इग्लिस प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ । योसँगै टोटनहमअंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेलिगेसन क्षेत्रमा रह्यो ।

टोटनहमका लागि आर्चे ग्रे र जन पउल भानले गोल गरे । खेलको अन्त्यमा प्यालेस दस खेलाडीमा सीमित रहेको थियो । अर्को खेलमा एस्टन भिल्ला र फुलहमले १–१ को बराबरी खेले । यसअघि ब्राइटनले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई १–० ले हराएको थियो ।

यो हारपछि भने सिटी २१ अंकमा शीर्ष स्थानमा रह्यो । उसको पछाडि आर्सनल समान अंकमा रहेको छ । ब्राइटन भने १९ अंकमा तेस्रो स्थानमा रह्यो । आइतबार आर्सनलले लिभरपुलको सामना गर्दैछ । आर्सनल एनफिल्डको भ्रमणमा जान लागेको हो ।