इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-इङलिस प्रमियर लिगमा म्यानचेस्टर युनाइटेडले साउथम्पटनविरुद्ध सहज जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथम्पटनलाई ३–० ले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि मथिस डेलिटले ३५औँ, मार्कोस रासफोर्डले ४१औँ र अलजेन्द्रो गरान्चोले खेलको इन्जुरी समयमा गोल गरेका थिए । ज्याक स्टेफन्स खेलको ७९औँ मिनेटमा रातोकार्ड खाँदै बाहिरिएपछि साउथम्पटन १० खेलाडीमा सीमित भएको थियो ।

लिगअन्तर्गत नै भएको अर्को खेलमा लिभरपुल नोटम फरेस्टसँग स्तब्ध भएको छ भने ब्रिङ्टन र इस्बीच टाउनबीचको खेल गोलरहीत बराबरीमा सकिएको छ ।

उता फुलहाम र वेस्टहामले १–१ गोलको बराबरी खेल्दा क्रिस्टल प्यालेस र लिसेस्टर सिटीले पनि २–२ गोलको बराबरी खेले ।