इपिएलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी

इपिएलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई २–० तथा म्यानचेस्टर सिटीले नर्विचलाई ५–० ले हराएका हुन् ।

अरु खेलमा एस्टन भिल्लाले न्यूक्यासल तथा ब्राइटनले वाट्फोर्डलाई समान २–० ले पराजित गरेका छन् । यस्तै क्रिष्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित तथा लिड्स र एभर्टनले २–२ को बराबरी खेलेका छन् ।