काठमाण्डुलाई पहिलो ओभरमा दुई सफलता, जितेन्द्रले लिए दुई विकेट


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्र्तगत उद्घाटन खेलमा अहिले काठमाण्डु किङ्स–११ र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पहिलो ओभरमा दुई विकेट गुमाएको छ । ललितपुरको पहिलो विकेटको रुपमा कप्तान कुशल भुर्तेल आउट भएका हुन् । उनी पहिलो ओभरको पहिलो बलमा आउट भएका हुन् । उनलाई काठमाण्डुका जितेन्द्र मुखियाले क्याच आउट गराए ।

जितेन्द्रको बलमा काठमाण्डुका विकेट किपर रमनउल्लाहले क्याच गराए । जितेन्द्रले पहिलो ओभरको अन्तिम बलमा सन्दुन उर्कडेलाई क्याच आउट गराए ।

९ देखि २३ गतेसम्म चल्ने इपिएल प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement