काठमाण्डु – रोजगारीका लागि दक्षिण कोरिया जान ईपीएस भाषा परीक्षाका लागि साउन २६ गतेदेखि आवेदन भर्न सकिने भएको छ ।
दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले आईतबार वेबसाइटमार्फत साउन २६ गतेदेखि आवेदन भर्न सकिने जनाएको छ ।
साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेकोमा सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।
नेपालीले दक्षिण कोरियाको रोजगारीलाई आकर्षक मान्ने गरेका छन् ।




प्रतिक्रिया