पानी जहाज कम्पनीका लागि इपिएस कोरिया शाखाले खुलायो भाषा परीक्षा आवेदन

पानी जहाज कम्पनीका लागि इपिएस कोरिया शाखाले खुलायो भाषा परीक्षा आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ।

रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउन करिब २ हजार ५ सय कामदारका लागि भाषा परीक्षाको आवेदन खुलेको हो ।

इच्छुक नेपाली नागरिकले साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्ने छन् । भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ ।

एक दिनमा चार सिफ्ट गरी परीक्षा सञ्चालन हुने र आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने छ । आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।

सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन्। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।