कोरियन भाषा परीक्षा पास भएका आधाले मात्रै कोरिया जान पाउने

कोरियन भाषा परीक्षा पास भएका आधाले मात्रै कोरिया जान पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान भाषा परीक्षामा पास हुनेमध्ये आधामात्र जान पाउने भएका छन् ।

यो वर्ष दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने भएको हो ।

यो वर्षको ईपीएस परीक्षामा १२ हजार ९ जना पास भएका छन् । यीमध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस साखा सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिएका छन् ।

भदौ ४ देखि १८ गतेसम्म सीप परीक्षण गरि दक्षिण कोरिया जान पाउने–नपाउने निश्चित गर्ने भण्डारीले जानकारी दिए ।

सीप परीक्षणको लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने इपिएस शाखाले जनाएको छ ।