काठमाडौं – विद्युतीय भुक्तानी सेवाप्रदायक ‘इसेवा’ प्रति ग्राहकहरुले असन्तुष्टी व्यक्त गरेका छन् । ग्राहकहरुले इसेवामाथि प्रश्न उठाउँदै इसेवा अभियान सञ्चालन गरेका हुन् ।
प्रधानमन्त्रीका आईटी विशेषज्ञ अस्गर अलिको समूहले काठमाडौंबाट सञ्चालित अनलाइन काठमाडौंप्रेसमा प्रकाशित समाचार ह्याक गरेर पेजबाट हटाएको आरोप लागेपछि इसेवा ‘डिएक्टिभेट’ अभियान चालिएको हो । इसेवाका मालिकसमेत रहेका अस्गरको समूहले अनधिकृत काम गरेको आरोप लागेपछि ग्राहकहरुले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान चलाएका छन् ।
आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गरापछि इसेवाका ग्राहकहरुले विभिन्न टिकाटिप्पणी सुरु गरेका छन् ।
काठमाडौं प्रेस अनलाइनले प्रधानमन्त्रीका आइटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार प्रकाशित गरेको थियो ।
उक्त समाचार हटाउन पटक–पटक दबाब आएको तर नहटाएपछि सिस्टमभित्रै घुसेर समाचार हटाइदिएको काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले बताएका छन् ।
इसेवा र सिरान टेक कम्पनी एउटै सञ्चालकले चलाएका कम्पनी हुन् । त्यसमध्ये इसेवाले विद्युतीय भुक्तानी र सिरान टेकले वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्छ । काठमाडौँ प्रेसको वेभसाइटको डिजाइन तथा डेभलपमेण्ट पनि सिरान टेकलेले गरेको छ ।
यसरी आफूलाई समाचारमा चित्त नबुझेपछि आफैंले डिजाइन गरेको वेवसाईटभित्र अनाधिकृतरुपमा छिरेर समाचार डिलिट गरेपछि यसका प्रयोगकर्ताले आशंका व्यक्त गरेका छन् ।
पत्रकार गजेन्द्र बुढाथोकीले १० वर्षदेखि सेवा दिँदै आएको इसेवा सञ्चालकहरूले गरेको गलत कार्यको परिणाम नराम्रो हुने चेतावनी दिए । ‘ब्रान्ड बनाउन १० वर्ष लाग्छ, बिग्रन १० मिनेट । ईसेवावाले आज एक मिडियाको सिप्यानलमा अनाधिकृत प्रवेश गरेको परिणाम छिटै देखिनेछ’, बुढाथोकीले ट्वीटरमा भनेका छन् ।
विभिन्न संस्थाबाट ६-७ वटा पुरस्कार थापेका विश्वास ढकालले एउटा अनलाइनका सीप्यानलमा अनाधिकृत प्रवेश गरि समाचार हटाएछन, ह्याकिङ विद्युतीय कारोबार कानुनअनुसार अपराध हो ।
— Gajendra S. Budhathoki ??♿ (@gbudhathoki) April 1, 2020
त्यस्तै निरज नामका ट्वीटर प्रयोगकर्ताले इसेवाले मानिसको पैसा चोर्ने आशंका व्यक्त गर्छन् । उनले भनेका छन्, ‘इसेवाले नेपालका बैंकहरूको अनलाइन कारोबार हेर हेर्छ । इसेवासँग अहिले नै लाखौँ मानिसको व्यक्तिगत विवरण छ,’ ‘यस्तो अवस्था रहने हो भने इसेवाले मानिसको बैंक खाताबाट पैसासमेत चोर्न सक्छ ।’
सम्पादक कसमस भन्छन् – ‘अचाक्ली भयो ।’ बालुवाटारका मन्त्री, सल्लाहकार पालैसॅंग नांगिदैछन्। नागिरक समाज लक डाउनमा छ। @kosmosbk @ameetdhakal @prateekpradhan @narayanwagle @sudheerktm @akhileshU https://t.co/itvBamHCTn
— Dil Bhusan Pathak (@DilBhusanPathak) April 2, 2020
त्यस्तै पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले मिडियामाथि दमन गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । फेक न्यूज भए कानुनी उपचार खोज्नुपर्ने बेलामा अनाधिकृत रुपमा हमला गर्नु स्वीकार्य नहुने चतोवनी दिएका छन् । ‘कणहरूको पखेटा लागेकै हो ? कुनैपनि बहानामा मिडियामाथि दमन भनेको ज्वालामुखीलाई स्याउलाले छोप्न खोज्नु जस्तै हो । फेक न्यूज(तथ्यहीन खबर)भए अथेन्टिक न्यूज(तथ्यपूर्ण खबर)ले प्रतिवाद गर्ने हो।त्यो नभए कानुनी उपचार खोज्ने हो । महामारीसंग निरंकुश तरिकाले हैन झन् लोकतान्त्रिक तरिकाले लड्ने हो ’, उनले भनेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले इसेवा अनइन्स्टल गरेको फोटो प्रकाशित गरेका छन् । यो सँगै इसेवामाथि ठूलै धक्का लाग्ने संकेत देखिएको छ ।
यसैबीच सामाजिक सञ्जालमा इसेवा सञ्चालक तथा इसेवाको चर्को आलोचना हुन थालेपछि इसेवाले ग्राहक जोगाउन हतार हतार ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ ।
#RIP_ESewa
Let's uninstall this one. pic.twitter.com/zqAGmZsW69— सन्जय सिबाकाेटी (@SanjayShiwakoti) April 2, 2020
पत्रिका ह्याक गरेर समाचार डिलिट गर्ने अस्गर अलिले चलाएको कम्पनीको (eSewa)Esewa nepal आज बाट नचलाउने निर्णय गरियो । एस्ले भोलि हाम्रो खाताबाट नि पैसा ह्याक गर्दैन भन्न सकियो र !
आफू पनि सुरक्षित हौ र भ्रस्टचार विरुद्धको अभियान मा सहभागी बनौ !— टुईटर मन्त्री™ (@Rocks_Suman1) April 2, 2020
एउटा समाचार लेखेको अथवा पोष्ट गरेको निउमा त न्युज पोर्टल ह्याक गरेर डिलेट गर्छ भने त्यो एडमिन अरुनै भएको संचालक पनि अरु नै
तर त्यस्तो लाई ह्याक गर्छ भने भोलि इ सेवा मा कोहि कसैले पैसा जम्मा गरेर राखेको छ भने त्यसलाई पनि ह्याक गर्दैन भन्न सकिन्न
start today uninstall esewa pic.twitter.com/YewDaIH6RG— Nishan Moktan (@NishanMoktan3) April 2, 2020
Discard "esewa" , adopt "Khalti" .
— Sujit Kumar Thakur (@sujthr) April 2, 2020
Frightening to see the operators of @eSewaNepal involved in this shameless scandal. I am not using esewa now. https://t.co/nMvhAwd47Y
— Prateet Acharya (@1Prateet) April 2, 2020
8 Years of #esewa and I'm going to deactiavte it.#decativateEsewa
— Dipesh Poudel Dpndra (@depace_143) April 2, 2020




प्रतिक्रिया