भक्तपुर – युरोपेली युनियन (ईयू) ले विश्वभर नै जलवायु कूटनीति सप्ताह मनाउन सुरु गरेसँगै नेपालस्थित उसको दूतावासले बिहीबार मध्यपुरमा वृक्षरोपण गरेको छ । मध्यपुर ठिमी नगरपालिकासँगको सहकार्यमा ईयूकी भेरेनिका कोडीले ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा उक्त नगरलाई हरियाली बनाउने योजनाको उद्घाटन गरेकी हुन् ।
संसारमा बढ्दै गइरहेको पर्यावरणीय असन्तुलनलाई कम गर्न ईयूले सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको सप्ताह भनेर विभिन्न गतिविधि गर्ने अभियान सुरु गरिरहेको छ ।
हरियालीको प्रवर्द्धन गर्न हरेक देशका मानिसलाई उत्प्रेरित गर्ने आफ्नो नीति रहेको ईयूको नेपालस्थित दूतावासले जनाएको छ । ‘जलवायु परिवर्तन एउटा प्रत्यक्ष र अस्तित्व कै लागि जोखिम हो’ कुटनीतिक सप्ताहकै आयोजना गरेर संसारभर रुखहरु रोपिन पर्नाको कारणबारे राजदूत कोडीले भनिन्, ‘यसले कुनै पनि देशलाई छोड्दैन र यसलाई सामूहिक रुपमा सम्बोधन गरिनु पर्दछ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया