युरो कपको दोस्रो चरणमा स्वीजरल्यान्ड पुग्यो

युरो कपको दोस्रो चरणमा स्वीजरल्यान्ड पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रोला झेमाइलले इन्जुरी समयमा गरेको गोलसँगै स्वीजरल्यान्डको महिला फुटबल टोली फिनल्यान्डसँग १–१ गोलको बराबरी गर्न सफल भएको छ।

बराबरीसँगै घरेलु टोली स्वीजरल्यान्ड पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

स्वीजरल्यान्ड बाहिरिने सम्भावना प्रबल देखिएको अवस्थामा वैकल्पिक खेलाडी झेमाइलले नजिकैको दुरीबाट गोल गरेकी हुन्। खेलको ७९ औँ मिनेटमा नाटालिया कुकाको पेनाल्टी गोलमा फिनल्यान्डले अग्रता लिएको थियो।

पहिलो चरण पार गर्नका लागि स्वीजरल्यान्डको लागि बराबरी पर्याप्त थियो भने फिनल्यान्डलाई जित आवश्यक थियो। समूहमा नर्वे ९ अङ्कसहित पहिलो भयो भने स्वीजरल्यान्ड र फिनल्यान्ड बराबर ४ अङ्क भए पनि राम्रो गोल अन्तरको आधारमा स्वीजरल्यान्ड दोस्रो भएको हो।

नर्वेले बिहीबार भएको खेलमा आइसल्यान्ड ४-३ ले हरायो। नर्वेका लागि सिग्ना गोउसेट र फ्रिडा मानन दुवैले समान दुई गोल गरे।