युरोकप र कोपा अमेरिका खेलमा सट्टाबाजी गर्ने ८ जना पक्राउ

युरोकप र कोपा अमेरिका खेलमा सट्टाबाजी गर्ने ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युरोकप–२०२० र कोपा अमेरिका कप फुटबल खेलमा सट्टाबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान, जिवन लामा, सुरज टिवडेवाल, अशोक कुमार गुप्ता, गोबिन्द प्रसाद आचार्य, राजेश कुमार अग्रवाल, सुचित डालमिया अग्रवाल, अमरनाथ गुप्ता रहेका छन् ।

सट्टाबाजी गरी अवैध रूपमा रकम असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा अपराध महाशाखा टोलीले उनीहरूलाई काठमाण्डुको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट पक्राउ गरेको हो ।

अनलाइन ब्याटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डु पठाईएको छ ।