एभरेस्ट महिला भलिबल लिगकोे फाइनल आज, उपाधिका लागि कर्णाली र ललितपुर खेल्दै

एभरेस्ट महिला भलिबल लिगकोे फाइनल आज, उपाधिका लागि कर्णाली र ललितपुर खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि शनिबार कर्णाली यशविस र ललितपुर क्वीन्स खेल्दैछन् ।

खेल काठमाण्डुको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।

समूहको शीर्ष दुई स्थानमा रहँदै यी दुई टोलीले फाइनल खेल्न लागेका हुन् ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले ललितपुरलाई ३–१ को सेटमा हराएको थियो । यस्तै अर्को खेलमा काठमाण्डु स्पाइकर्सले लुम्बिनी लाभाजलाई हराउँदै तेस्रो बनेको छ । काठमाण्डुले लुम्बिनीलाई ३–२ को सेटमा हराएको हो ।

भदौ २० गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । बुधवारदेखि प्रतियोगिता फेरि शुरू भएको हो । प्रतियोगितामा ६ वटा टोली सहभागी थिए ।