एभरेस्ट महिला भलिबल लिगको अक्सन साउन २ गते हुने

एभरेस्ट महिला भलिबल लिगको अक्सन साउन २ गते हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको भलिबल इतिहासमै पहिलोपटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीहरूको अक्सन हुने भएको छ ।

एभरेस्ट महिला भलिबल लिग ९ईडब्लूभीएल०को दोस्रो संस्करणको लागि साउन २ गते अक्सन हुन लागेको हो । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार, प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय खेलाडीहरूदेखि नवप्रतिभा र उदाउँदा खेलाडीहरूलाई चयन गर्ने अवसर पाउनेछन् ।

काठमाडौंमै हुने अक्सन कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । भदौ २० देखि हुने ईडब्लूभीएलको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशवीससहित गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेस युनाइटेडको सहभागिता रहनेछ ।