काठमाण्डु – भूपू ब्रिटिश गोर्खा सैनिकका विषयमा बेलायतसँग वार्ता गर्न सरकारले प्रतिनिधिमण्डल गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो । बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो सेवा–सुविधालाई लिएर लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।
उनीहरुका माग सम्बोधन हुन बाँकी रहेका मागहरुका बारेमा बेलायत सरकारसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
मन्त्रीपरिषद बैठकले नेपाल सरकार र इजरायल सरकारबीच संस्कृति, शिक्षा, विज्ञान र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया