‘श्रीमतीको क्रूरतापूर्वक हत्या गर्ने पूर्वडीआईजी कोइरालाले छुटकारा पाउनु कहाँको न्याय हो ?’

‘श्रीमतीको क्रूरतापूर्वक हत्या गर्ने पूर्वडीआईजी कोइरालाले छुटकारा पाउनु कहाँको न्याय हो ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ का सांसदहरुले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुनुलाई न्यायप्रति प्रश्न उठेको बताएका छन् ।

शुक्रबार प्रदेश नं. १ को प्रदेशसभा बैठकमा बोल्दै नेकपा प्रदेश सभा सदस्य अम्बिका थापाले श्रीमतीको क्रूरतापूर्वक हत्या गर्ने व्यक्ति कैद सजाय माफ भएर जेलमुक्त हुनुले न्यायप्रति प्रश्न उठेको भन्दै आपत्ति जनाइन् ।

सांसद थापाले भनिन्, ‘आफ्नै श्रीमतिको हत्या गर्ने र आफैं मृत्यु भएको भन्दैमा कोइरालाले छुटकारा पाउनु कहाँको न्याय हो ?’

श्रीमती गीता ढकालको हत्या गरेर फालेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहितको इजलासले छुट दिनु आपत्तिजनक भएको थापाले गुनासो गरिन् । प्रदेश सभासदस्य थापाले श्रीमती हत्या गरेर हात हल्लाउँदै बाहिरिएका कोइरालाप्रतिको अदालती निर्णय पुनरावलोकन गर्न प्रदेश सभामार्फत अपिल गरेकी थिइन् ।

नेकपा धनकुटाकी सांसद कुसुम श्रेष्ठले हत्यारा कोइरालालाई छुटाउनका लागि गरिएको प्रपञ्च गलत भएको बताइन् । श्रीमतिको हत्या अभियोगमा जेल जिवन कटाईरहेका पूर्वडीआईजी कोइराला बिहीबार जेलमुक्त भएका हुन् ।