सुडान काण्डः पूर्वआइजीपी ठकुरी डिल्लीबजार कारागार चलान

सुडान काण्डः पूर्वआइजीपी ठकुरी डिल्लीबजार कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—बहुचर्चित सुडान घोटाला काण्डका सर्वोच्च अदालतबाट दोषी ठहर भए पनि फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी डिल्लीबजार कारागार चलान भएका छन्।

बिहीबार सर्वोच्च पुगेर आत्मसमर्पण गरेका उनलाई आजै उनलाई कारागार चलान गरिएको हो। मुद्दाको फैसलाउपर पुनः सुनुवाइको मागसहित ठकुरीले पुनरवलोकन निवेदन दर्ता गराएका छन्। उनले कारागारभित्रै रहेर पुनरावेदन गर्न पाउने भएका छन्।

संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्ती सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै उनीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापा र दीपकसिंह थाङ्देनलाई समेत सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको थियो । ठकुरीबाहेक अन्य चारैजनाले यसअघि नै कैद सजाय भुक्तान गरिसकेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा दायर भएको सुडान घोटालासम्बन्धी मुद्दामा विशेष अदालतले भने १ फागुन २०६८ मा दुई जना एआईजीबाहेक राणा, गुरुङ र ठकुरीलाई भ्रष्टाचारी साबित गर्दै एपीसी खरिदको ४४ करोडमध्ये २८ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तीन जनाबाट २८ करोड असुल गर्न निर्देशन दिएको थियो ।