हरिद्वारमा शाही स्नान गर्दै पूर्वराजा ज्ञानेन्द्र

हरिद्वारमा शाही स्नान गर्दै पूर्वराजा ज्ञानेन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले आज भारतको हरिद्वारमा शाही स्नान गर्दैछन् । प्रत्येक १२ वर्षमा लाग्ने महाकुम्भ मेलाका अवसरमा उनलाई आयोजकहरुले विशेष आमन्त्रण गरेका थिए ।

पूर्वराजालाई महाराजाको मानसहित रथबाट जुलुससहित सम्मानपूर्वक शाही स्नान गराइँदैछ । कुम्भ मेलाका क्रममा शाही स्नान गर्दा अमरत्व प्राप्त हुन्छ । त्यहाँ उनको सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको बताएको छ ।

हरिद्वारको धार्मिक कार्यक्रमपछि पूर्वराजा ज्ञानेन्द्रले नयाँ दिल्लीको भ्रमण गर्दैछन् । नयाँ दिल्लीमा उनको भारतका विभिन्न नेतासँग भेटघाट हुने अपेक्षा गरिएको छ ।

भारतमा यसअघि पनि विभिन्न पटक पूर्वराजा ज्ञानेन्द्रलाई धार्मिक समारोहमा आमन्त्रण गरिएको थियो । उनी राजा भएका बेला पनि भारतमा विभिन्न तीर्थको भ्रमण गरेका थिए ।