काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी धर्मपत्नी पूर्वरानी कोमल शाहलाई अस्पताल भर्ना गरिएकाे छ । कोभिड संक्रमणपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे ।
वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।




प्रतिक्रिया